दफा १०
विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी गर्ने
– विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी गर्दा देहाय बमोजिम जारी गर्नु पर्नेछ :-
(क) निर्देशित व्यक्ति वा वाहकका नाममा जारी भएको हुनु पर्ने,
(ख) निर्देशित व्यक्तिका नाममा जारी भएको बहुविधिक ढुवानीपत्र दरपीठबाट अन्य व्यक्तिको नाममा हस्तान्तरण हुन सक्ने,
(ग) वाहकका नाममा जारी भएको बहुविधिक ढुवानीपत्र दरपीठ विना नै अन्य व्यक्तिलाई हस्तान्तरण हुन सक्ने,
(घ) एकभन्दा बढी बहुविधिक ढुवानीपत्र जारी भएकोमा त्यस्तो ढुवानीपत्रमा सो व्यहोरा उल्लेख भएको हुनु पर्ने ।